Kathmandu Press

समावेशी आयोगको अध्यक्षबाट सुवेदीले दिए राजीनामा 

काठमाडौं, साउन १० : राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. शान्तराज सुवेदीले पदबाट राजीनामा दिएका छन्। 

सुवेदीले साउन १२ गतेदेखि लाग....

समावेशी आयोगको अध्यक्षबाट सुवेदीले दिए राजीनामा 

काठमाडौं, साउन १० : राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. शान्तराज सुवेदीले पदबाट राजीनामा दिएका छन्। 

सुवेदीले साउन १२ गतेदेखि लागू हुने गरी आयोगको अध्यक्ष पदबाट शुक्रबार राजीनामा दिएका हुन्। सुवेदीले संविधानको धारा २५८ को उपधारा ४ को खण्ड (क) बमोजिम साउन १२ देखि लागू हुने गरी पदबाट राजीनामा दिएको लिखित पत्र  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेका हुन्।

पूर्व अर्थसचिव समेत रहेका सुवेदी गत चैत ७ गते समावेशी आयोगको अध्यक्षमा नियुक्त भएका थिए।

राष्ट्रपति कार्यालयको विज्ञप्ति: 

प्रकाशित मिति: १७:४६ बजे, शुक्रबार, साउन १०, २०७६