Kathmandu Press

 शिशुको हत्या गरेको आरोपमा आमा–बुुबा पक्राउ 

बुटवल, भदौ २९ ः आठ महिनाको शिशुको हत्या गरेको आरोपमा दम्पती पक्राउ परेका छन्। रुपन्देहीको गैडहवा गाउँपालिका–६ का श्रीराम मल्लाह र उनकी श्रीमती रेनु...
 शिशुको हत्या गरेको आरोपमा आमा–बुुबा पक्राउ 

बुटवल, भदौ २९ : आठ महिनाको शिशुको हत्या गरेको आरोपमा दम्पती पक्राउ परेका छन्। 

रुपन्देहीको गैडहवा गाउँपालिका–६ का श्रीराम मल्लाह र उनकी श्रीमती रेनु मल्लाह दूधे बालकको हत्या आरोपमा पक्राउ गरिएको हो ।

Hardik ivf

भदौ २६ गते बिहान राति १ बजे ८ महिनाका नाबालक सुरज मल्लाहको घाँटी रेटी हत्या भएको थियो। शिशुको हत्यामा उनका बुवा–आमालाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ । 

घटनापछि प्रहरीको इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले घटनास्थल अवलोकन गर्ने क्रममा उनीहरूको घरको छतमा रगत देखिएको थियो । उनीहरू सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया र ओछ्यानमा समेत रगत लागेको भेटिएको  प्रहरीको भनाइ छ। 

प्रहरीका अनुसार रेनुको सारीमा समेत रगत लागेको फेला परेकाले सोधपुछ गर्ने क्रममा नाबालकको हत्या गरेको उनीहरूले स्वीकारेका थिए। 

घटनाको कारण पारिवारिक कलह रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार दुबै जनालाई कर्तव्य ज्यान मुद्दामा थुनामा राखी अनुसन्धान थालिएको छ । 

प्रकाशित मिति: १३:१६ बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्