अवैध लागूऔषधसहित ५ जना पक्राउ
काठमाडौं, २९ भदौ : अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बिर्तामोड नगरपालिका–३ बिर्ता बजारबाट २३ ग्राम २ सय ४०...
काठमाडौं, २९ भदौ : अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
झापाको बिर्तामोड नगरपालिका–३ बिर्ता बजारबाट २३ ग्राम २ सय ४० मिलिग्राम अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र २ थान मोबाइल सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङ पथरी नगरपालिका–२ बुद्ध चोक बस्ने ३४ वर्षीय भिम राज राई र सोही नगरपालिका(१ बस्ने ३२ वर्षीय अनुप सुब्बा लिम्बु रहेका छन्। को.२७ प ८६७४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै मोरङको सुनवर्षी नगरपालिका-८ विश्वकर्मा कल्बटस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रमाडोल १ हजार ४ सय ट्याबलेट र नाइट्राभेट १३ ट्याबलेट सहित सुनवर्षी नगरपालिका–३ अमरदह बस्ने २३ वर्षीय मनोज रायलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। को.२६ प ४३८१ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी झपडतलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक रायलाई पक्राउ गरेको हो।
यसैगरी पोखरा महागनरपालिका–६ हल्लनचोक बस्ने २३ वर्षीय प्रशान्त परियार र सोही महानगरपालिका(१ सिमपानी बस्ने २० वर्षीय अश्विन गुरुङलाई ७ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर र २ थान मोबाइल सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त ब्राउनसुगर सहित फेला पारी उनलाई पक्राउ गरेको हो।
यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।












