Kathmandu Press

गुडिरहेको बसमा ढुंगा खस्दा बैतडीमा एक जनाको मृत्यु

बैतडी, भदौ २९ : पाटन नगरपालिका–८ झ्याउलेखस्थित सडकमा गुडिरहेको बसमा ढुंगा खस्दा मंगलबार बिहान एक जनाको मृत्यु भएको छ।महेन्द्रनगरबाट बझाङको चैनपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम...
गुडिरहेको बसमा ढुंगा खस्दा बैतडीमा एक जनाको मृत्यु

बैतडी, भदौ २९ : पाटन नगरपालिका–८ झ्याउलेखस्थित सडकमा गुडिरहेको बसमा ढुंगा खस्दा मंगलबार बिहान एक जनाको मृत्यु भएको छ।

महेन्द्रनगरबाट बझाङको चैनपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ११५६ नम्बरको बसमा पहिरोसँगै खसेको ढुंगाले लाग्दा बसमा सवार बझाङ थलारा गाउँपालिका–५ का १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

ढुंङगा खसेर लाग्दा अन्य तीन जना घाइते भएका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय पाटन र प्रहरी चौकी खोड्पेबाट खटिएको प्रहरीले उद्दार गरी उपचारको लागि डडेल्धुरा अस्पतालमा पठाएको छ।

प्रकाशित मिति: १२:२५ बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्