Kathmandu Press

डुबेर ३ जनाको मृत्यु 

काठमाडौं, भदौ २९ :  विभिन्न स्थानमा खोलामा डुबेर तीन जनाको मृत्यु भएको छ । सिन्धुलीको दुधौली नगरपालिका–३ स्थित कमला खोलामा डुबेर सोही ठाउँस्थित कोनही बस्ने...
डुबेर ३ जनाको मृत्यु 

काठमाडौं, भदौ २९ :  विभिन्न स्थानमा खोलामा डुबेर तीन जनाको मृत्यु भएको छ । 

सिन्धुलीको दुधौली नगरपालिका–३ स्थित कमला खोलामा डुबेर सोही ठाउँस्थित कोनही बस्ने दिल बहादुर माझीको छोरा ११ वर्षीय एलिस माझीको सोमबार दिउँसो मृत्यु भएको हो। साथीहरुसँग पौडी खेल्न गएको अवस्थामा उक्त खोलामा डुबेर एलिसको मृत्यु भएको हो । 

Hardik ivf

यस्तै कपिलवस्तु, कृष्णनगर नगरपालिका–६ भिल्मी बस्ने ५६ वर्षीया सुरमती पासीको पोखरीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ। आफ्नै घर नजिकै सार्वजनिक पोखरीको डिलमा घाँस काट्ने क्रममा पोखरीमा लडेर डुब्दा उनको मृत्यु भएको हो। 

यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका–८ न्यौपाने चोक बस्ने महाविर मण्डलको छोरा ४ वर्षीय आयुस मण्डलको डुबेर सोमबार दिउँसो मृत्यु भएको छ। 

आफ्नै घर अगाडि खेल्ने क्रममा नालामा डुबेर अशक्त भएका उनको धरान घोपा अस्पतालामा उपचारको क्रममा मृत्यु भएको हो।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 
 

प्रकाशित मिति: १२:१९ बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्