Kathmandu Press

लागू औषध नियन्त्रण गर्न प्रहरी क्रियाशील : आइजीपी खनाल

काठमाडौं, साउन १० : प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले सडक सुरक्षा र लागू औषध नियन्त्रणका लागि नेपाल प्रहरी क्रियाशील रहेको दाबी गरेका....

लागू औषध नियन्त्रण गर्न प्रहरी क्रियाशील : आइजीपी खनाल

काठमाडौं, साउन १० : प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले सडक सुरक्षा र लागू औषध नियन्त्रणका लागि नेपाल प्रहरी क्रियाशील रहेको दाबी गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित ‘सडक सुरक्षा र लागू औषध नियन्त्रण’ सम्बन्धि कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले लागू औषधको पूर्ण नियन्त्रणका लागि सबै प्रदेशमा छिट्टै परामर्श केन्द्रको पनि व्यवस्था गर्ने घोषणा गरे। 

उनले सडक सुरक्षा र लागू औषध नियन्त्रण गर्ने नेपाल प्रहरीको अभियानमा साथ पनि नागरिक समाजका अगुवाहरुलाई आग्रह गरे। प्रहरी महानिरीक्षक खनालले लागू औषधको दुव्र्यसनीका कारण पनि सडक दुर्घटना बढ्ने काम भइरहेकाले त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न प्रहरीलाई निर्देशन दिए।

उनले लागू औषधको सेवनबाट हुने सडक दुर्घटना न्यूनिकरण गर्न पनि नेपाल प्रहरीले गृह मन्त्रालयको सहकार्यमा सबै प्रदेशमा २÷२ वटा परामर्श केन्द्र स्थापना गर्ने तयारी गरेको पनि बताए।

प्रहरी महानिरीक्षक खनालले मादक पदार्थ सेवनका कारण हुने सडक दुर्घटना भने न्यूनिकरण हुँदै गएको पनि जानकारी दिए। उनले सडक दुर्घटनाको अर्काे कारणको रुपमा रहेको लागू पदार्थ सेवनलाई नियन्त्रण गर्न लागि पर्ने प्रतिवद्धता जनाए।
 

प्रकाशित मिति: १६:५१ बजे, शुक्रबार, साउन १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्