नेपाल आयुर्वेद चिकित्सक संघको महाधिवेशन मंसिर २४ र २५ मा

काठमाडौं, भदौ २९ : नेपाल आयुर्वेद चिकित्सक संघको महाधिवेशन आगामी मङ्सिर २४ र २५ गते काठमाडौंमा आयोजना हुने भएको छ। कोरोना महामारीका कारण महाधिवेशन पटक–पटक स्थगन हुँदै आएको थियो।
संघका अध्यक्ष डा प्रकाश ज्ञवालीका अनुसार संघमा करिब ८०० सदस्य आवद्ध छन्। महाधिवेशनमा विभिन्न जिल्लामा उत्कृष्ट आयुर्वेद सेवा प्रदान गर्ने तथा सम्बन्धित विषयमा योगदान दिने व्यक्तित्वलाई सम्मान गरिने उनले बताए। महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने जनाइएको छ।
प्रकाशित मिति: १०:४९ बजे, मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












