Kathmandu Press

लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए

लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए

लमजुङ, भदौ २९ : आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म जिल्लामा १३१ बालबालिका हराएका छन्। तीमध्ये  ९५ बालिका र ३६ बालक छन्। 

जिल्ला प्रहरी कार्यालयको अनुसार पाँच वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएको थियो। कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएका मध्ये अझै आठ बालक र ३२ बालिका नभेटिएको बताए।

गत एक वर्षका अवधिमा २० बालबालिका हराएका थिए। तीमध्ये तीन बालक, १७ बालिका छन्। अझै दुई बालिका भेटिएका छैनन्। 

सचेतनाका लागि प्रहरीले सामुदायिक तथा आमा समूह लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए। 
 

प्रकाशित मिति: १०:०१ बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्