Kathmandu Press

बालिका बेचेकाे आरोपमा महिला पक्राउ

कर्णाली, भदौ २९ : जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ वर्षीया बालिकालाई भारतमा बेचेको आरोपमा ५० वर्षीया एक महिलालाई पक्राउ गरेको छ। भेरीगङ्गा नगरपालिका–६ सुर्खेतकी...
बालिका बेचेकाे आरोपमा महिला पक्राउ

कर्णाली, भदौ २९ : जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ वर्षीया बालिकालाई भारतमा बेचेको आरोपमा ५० वर्षीया एक महिलालाई पक्राउ गरेको छ। भेरीगङ्गा नगरपालिका–६ सुर्खेतकी महिलालाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सोमबार सार्वजनिक गरेको छ।

विसं २०७१ जेठ १८ गते गुर्भाकोट नगरपालिका–९ सुर्खेतकी १३ वर्षीय बालिकालाई ती ५० वर्षीया महिलाको योजना र प्रपञ्चमा उनकै छोरीले भारतमा राम्रो नोकरी लगाइदिन्छु भनी ललाइफकाई गरी दिल्ली लगी बेचबिखन गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

Hardik ivf

‘विसं २०७१ जेठ १८ गतेको घटनालाई उल्लेख गरेर आरोपित महिलाका विरुद्ध गुर्भाकोट नगरपालिका–९ का ५८ वर्षीया महिलाले विसं २०७७ माघ २६ गते सुर्खेत जिप्रकामा बालिका बेचबिखनको जाहेरी निवेदन दिएकी थिइन्,’ प्रहरी नायब उपरीक्षक घर्तीले भने, ‘तर बेचिएको सात वर्षपछि पीडित बालिका भारतबाट यही भदौ २३ गते नेपाल आएकी छन् ।’ प्रहरीका अनुसार पीडित बालिका बेचिएको ठाउँमा १५ महिना बसेको र पछि त्यो ठाउँबाट भागेर मुम्बईमा काम गरी सात वर्षपछि नेपाल आउन सफल भएकी छन्।

चोरी मुद्दाका तीन प्रतिवादी सार्वजनिक 

सुर्खेतका विभिन्न स्थानबाट फरक–फरक मालसमान चोरी गर्ने तीन प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको छ। वीरेन्द्रनगर नगरनगरपालिका–४ सुर्खेत निवासी ५५ वर्षीय एक महिलाले सुन, पत्थर विद्युतीय सामग्री चोरिएको जनाउँदै विसं २०७८ साउन २६ गते जिप्रकामा निवेदन हालेकी थिइन्। त्यसपश्चात् अनुसन्धान थालेको प्रहरीले आइतबार सुर्खेतबाट तीन व्यक्तिलाई पक्राउ गरी सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

त्यससँगै बरामद भएका विभिन्न सामान पनि प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्ने प्रतिवादीमा वीरेन्द्रनगर नगरपालिका–५ का १९ वर्षीय भीष्म खत्री, २६ वर्षीय सुरज गुरुङ, ६ नं वडाका ३६ वर्षीय राजकुमार विक र एक बालक गरी चार रहेको प्रनाउ घर्तीले जनाए।

दशीका आधारमा बरामद मालसमानसमा एक थान पोतेसहितको छड्के तिलहरी, एक थान सुनको बेरवा औँठी, एक थान पत्थर भएको सुनको औँठी, एक थान एलइडी टिभी, एक थान ३२ इञ्चको टिभी र एक थान खुँडा रहेको जिप्रकाले जनाएको छ। रासस

प्रकाशित मिति: ०९:१५ बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्