Kathmandu Press

आज देशभर वर्षाको सम्भावना

काठमाडौं, भदौ २९ : मनसुनी वायुको प्रभावले आज देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।भारतको ओडिसा र आसपासमा अवस्थित...
आज देशभर वर्षाको सम्भावना

काठमाडौं, भदौ २९ : मनसुनी वायुको प्रभावले आज देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

भारतको ओडिसा र आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव र मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेकाले वर्षाको सम्भावना रहेको विभगाले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो भने देशभर सामान्य बदली रही अधिकांश स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर मौसम बदली रही बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: ०८:१५ बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्