Kathmandu Press

पठाओको दशैं महोत्सव : राइडरललाई टिभिएस बाइक र सेवाग्राहीलाई आइफोन !

काठमाडौं, भदौ २८ : राइड सेयरिङ सेवा पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा राइडर र सेवाग्राही दुबैलाई लक्षित गरि ‘पठाओ दशैँ महोत्सव’...
पठाओको दशैं महोत्सव : राइडरललाई टिभिएस बाइक र सेवाग्राहीलाई आइफोन !

काठमाडौं, भदौ २८ : राइड सेयरिङ सेवा पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा राइडर र सेवाग्राही दुबैलाई लक्षित गरि ‘पठाओ दशैँ महोत्सव’ घोषणा गरेको छ ।

महोत्सवमा राइडरले टिभिएस बाइक र सेवाग्राहीले आइफोन जित्ने मौका रहेको छ । असोज १ गते देखि २० सम्म चल्ने महोत्सवमा हरेक हप्ता पाँच जना टप राइडर, तीन जना टप क्यापटेन र एक जना टप फुडम्यानलाई उपहारहरु प्रदान गरिने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले बताए । यो २० दिनको महोत्सव अन्तर्गत हरेक हप्ता राइडर, फुडम्यान र क्याप्टेन (ट्याक्सी चालक) ले पहिलो उपहार मोबाइल, दोस्रो उपहार टिभी, तेस्रो उपहार फ्रिज, चौथौं उपहार भ्याकुम क्लिनर र पाचौँ उपहारमा मिक्सर जित्न सकिनेछन् ।

Hardik ivf

महोत्सवको अन्तिममा ३ हप्ताका विजेताहरूबाट एकजना भाग्यशाली विजेताले बम्पर उपहार अन्तर्गत टिभिएस अपाचे आरटिआर १६० २भी प्राप्त गर्नेछन् । त्यसैगरी  उत्कृष्ट तीन पठाओ सेवाग्राहीले आईफोन १२ प्रो मोबाइल जित्ने अवसर प्राप्त गर्नेछन् । राइडर, क्याप्टेन र फुडम्यानले उपहार जित्नको लागि धेरै भन्दा धेरै ट्रिप अथवा डेलिभरी गरेको हुनुपर्नेछ । त्यस्तै राइडर र फुडम्यानले पठाओको रुल बुक अनिवार्य रुपमा अनुसरण गरेको हुनुपर्नेछ ।

रुल बुक अनुसरण नगर्ने राइडर अथवा फुडम्यान सस्पेन्ड पनि हुनसक्ने पनि पठाओले जनाएको छ । राइडर वा फुडम्यानले आफैँले आफूलाई राइड वा फुड रिक्वेस्ट गरेमा त्यो मान्य हुनेछैन । त्यसैगरी आफ्नै साथीभाईहरू मिली राइड वा फुड रिक्वेस्ट पनि गर्न पाइने छैन भने कुनै ग्राहक बिना नै राइड सुरु र अन्त्य गर्न पाइने छैन अथवा रिक्वेस्ट आएको स्थानमा नपुगी राइड इन्ड गर्न पाइनेछैन । साथै कुनै पनि राइडरले अफलाइन ट्रिप गर्न पाइने छैन ।

पठाओ सेवाग्राहीले यो महोत्सवमा उपहार जित्नको लागि २० दिनको अवधी भित्र बाइक राइड, ट्याक्सी राइड, फुड वा पठाओ बजार गरि कम्तीमा २० पटक एप प्रयोग गरि पठाओको सेवा प्रयोग गरेको हुनुपर्नेछ । साथै सेवाग्राहीको एपमा आधिकारिक नाम र जन्ममिति उल्लेख भएको हुनुपर्नेछ ।  

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्टदेखि कार लाइट (ट्याक्सी) सेवा सुरु गरेको हो। सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो। 
 

प्रकाशित मिति: २०:४७ बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्