नवलपुरको कावासोतीमा सरकारी गाडीमा आगजनी
कावासोती, साउन १० : अज्ञात समूहले नवलपुरको कावासोतीमा एउटा सरकारी गाडीमा आगजनी गरेको छ।
नवलपुर जिल्ला अदालतका श्रेष्तेदार शारदा द....
कावासोती, साउन १० : अज्ञात समूहले नवलपुरको कावासोतीमा एउटा सरकारी गाडीमा आगजनी गरेको छ।
नवलपुर जिल्ला अदालतका श्रेष्तेदार शारदा दत्त बडु चढ्ने बा २ झ ३५०२ नम्बरको गाडीमा गएराति अज्ञात समूहले आगजनी गरेको हो। आगजनी नेत्रविक्रम चन्द विप्लव समूहले गरेको हुन सक्ने प्रहरीको आशंका छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले गाडीको मुनी मट्टीतेलको गन्ध आएको र केही बोराका टुक्रा पनि फेला परेकाले गाडीमा कसैले आगो लगाइदिएको हुन सक्ने बताए।
कावासोती–८ थकाली चोक निवासी अर्जुनकुमार श्रेष्ठको घरमा भाडामा बस्दै आएका बडुको चढ्ने गाडी श्रेष्ठको घर नजिक पार्किङ गरेर राखिएको थियो।
गएराति सोही घरमा भाडामा बस्ने झपटबहादुर कँुवरसहितका केही मानिस काठमाडौं जान बाहिर निस्किँदा गाडीमा आगो दन्किरहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो।