Kathmandu Press

नेपाली महिला फुटबल टिम उज्वेकिस्तान जाने

काठमाडौं, भदौ २८ : एएफसी वुमन्स एसियन कप छनोट खेल्न नेपाली महिला फुटबल टिम उज्वेकिस्तान जाने भएको छ । २२ सदस्यीय खेलाडीसहित नेपाली...
नेपाली महिला फुटबल टिम उज्वेकिस्तान जाने

काठमाडौं, भदौ २८ : एएफसी वुमन्स एसियन कप छनोट खेल्न नेपाली महिला फुटबल टिम उज्वेकिस्तान जाने भएको छ । २२ सदस्यीय खेलाडीसहित नेपाली टिम आजै राति उज्वेकिस्तान जाने छ। 

एएफसी वुमन्स एसियन कप छनोट खेल्ने महिला फुटबल टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रम गर्दै सोमबार नै गर्दै विदाई गरेको छ। 

एसियन कप छनोट खेल्न उज्वेकिस्तान जानुअघि नेपालले एक महिना बन्द प्रशिक्षण गरेको थियो भने दरशथ रंगशालामा बंगलादेशसँग २ मैत्रीपूर्ण खेल खेलेको थियो।

एसियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ। योसमूहमा नेपालसँगै फिलिपिन्स र हङकङ छन्। नेपालले फिलिपिन्ससँग असोज २ गते खेल्दै एसियन कप छनोटको सुरुवात गर्नेछ। यस्तै नेपालले आफ्नो दोस्रो खेल असोज ५ गते हङकङसँग खेल्नेछ ।

समूहम शीर्ष स्थानमा रहने टिमले सन् २०२२ मा भारतमा हुने एएफसी वुमन्स एसियन कप खेल्न पाउने छ।

प्रकाशित मिति: १९:०८ बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्