दुईजना मृत अवस्थामा फेला
काठमाडौं, भदौ २८ : काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित शिव पार्वती टिकट काउण्टर अगाडि सडक किनारामा कलंकी बस्ने बारा निजगढ नगरपालिका-६ घर भएका ३५ वर्षीय...
काठमाडौं, भदौ २८ : काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित शिव पार्वती टिकट काउण्टर अगाडि सडक किनारामा कलंकी बस्ने बारा निजगढ नगरपालिका-६ घर भएका ३५ वर्षीय अभिषेक राई सोमबार मृत अवस्थामा फेला परेका छन्।
त्यस्तै सर्लाहीको बिष्णु गाउँपालिक-१ वेल्वा बस्ने ३० वर्षीय बब्लु पासवान सोही ठाउँस्थित सर्वजनिक पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका छन्।
उक्त पोखरीमा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गडहिया र प्रहरी चौकी बाराउधोरणबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला परेको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८:०८ बजे, सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












