Kathmandu Press

पूर्वअर्थमन्त्रीहरुको निष्कर्ष–सरकारले दीगो विकास लक्ष्य हासिल गर्ने गरी काम गर्न सकेन

काठमाडौं, साउन १० : पूर्व अर्थमन्त्रीहरुले सरकारले दीगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास गर्न आवश्यक तयारी गर्न नसकेको निष्कर्ष निकालेका ....

पूर्वअर्थमन्त्रीहरुको निष्कर्ष–सरकारले दीगो विकास लक्ष्य हासिल गर्ने गरी काम गर्न सकेन

काठमाडौं, साउन १० : पूर्व अर्थमन्त्रीहरुले सरकारले दीगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास गर्न आवश्यक तयारी गर्न नसकेको निष्कर्ष निकालेका छन्।

पूर्व अर्थमन्त्री एवं समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई, कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महत र नेकपाका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले दीगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास गर्न सरकारले आवश्यक तयारी गर्न नसकेको निष्कर्ष निकालेका हुन्।

शुक्रबार काठमाडौंमा ‘नेपाल इकोनोमिक आउट लुक’ सार्वजनिक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सरकारले मुलुकको दीगो आर्थिक विकासका लागि दोहोरो अंकको आर्थिक विकास हुने गरी लगानीको व्यवस्था गर्न समेत आवश्यक तयारी गर्न नसकेको बताए। उनले आर्थिक विकासलाई सरकारले मूल एजेन्डा बनाए पनि त्यसका लागि आवश्यक लगानीको वातावरण बनाउन नसकेको दाबी गरे। 

आन्तरिक तथा बाह्य लगानीको व्यवस्था र पूर्वाधार विकासमा जोड दिएर मात्रै नेपालका दीगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास हुन सक्ने पूर्व अर्थमन्त्री भट्टराईको दाबी छ।

कार्यक्रममा कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा. महतले सरकारले दीगो विकास लक्ष्य हासिल हुने गरी मुलुकको आर्थिक विकास गर्न आवश्यक योजना समेत तय गर्न नसकेको बताए। उनले मुलुकको दीगो आर्थिक विकासका लागि संस्थागत क्षमता अभिवृद्धिमा सरकारले जोड दिनुपर्ने पनि बताए।

यस्तै, पूर्व अर्थमन्त्री एवं सत्तारुढ नेकपाका नेता पाण्डेले राजनीति सुधार नभएका कारण मुलुकमा दीगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास हुन नसकेको दाबी गरे। उनले राजनीतिक, प्रशासनिक र शैक्षिक क्षेत्रको सुधार गरेर मात्रै मुलुकमा दीगो विकास लक्ष्य हासिल हुने गरी आर्थिक विकास गर्न सकिने पनि स्पष्ट पारे।

पूर्वअर्थमन्त्री पाण्डेले दीगो आर्थिक विकासका लागि धेरै योजना तय गर्ने भन्दा पनि थोरै योजना तय गरेर त्यसलाई सम्पन्न गर्दै अघि बढ्न पनि सरकारलाई सुझाव दिए।
 

प्रकाशित मिति: १६:०२ बजे, शुक्रबार, साउन १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्