Kathmandu Press

लागूऔषध ब्राउनसुगरसहित पक्राउ

काठमाडौं, भदौ २८ : बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ स्थित सडकबाट करिब ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।पक्राउ...
लागूऔषध ब्राउनसुगरसहित पक्राउ

काठमाडौं, भदौ २८ : बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ स्थित सडकबाट करिब ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङ गढुवा गाउँपालिका–६ बस्ने २५ वर्षीय करन मल्ल र दाङ लमही नगरपालिका(५ बस्ने २५ वर्षीय तिमथी रानामगर रहेका छन्। जमुनाह चेक प्वाइन्टमा ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्नेक्रममा उनीहरूको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।

Hardik ivf

त्यस्तै मोरङको विराटनगर महानगरपालिका–१६ दरैयाबाट ८ सय मिलिग्राम ब्राउनसुगर सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–१६ बस्ने १९ वर्षीय मनु दास र भारत अररिया जोगबनी–१० टिकुलिया बस्ने २८ वर्षीय प्रमोद यादव रहेका छन्। 

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

प्रकाशित मिति: १७:५२ बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्