Kathmandu Press

प्रेमिकाको अश्लिल फोटो र भिडियो सामाजिक सञ्जालमा राखेको आरोपमा पक्राउ 

काठमाडौं, भदौ २८ : सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा आफ्नै केटी साथीको अश्लिल फोटो, भिडियो पोस्ट गरी चरित्र हत्या गरेको आरोपमा दोलखा बैतेश्वर गाउँपालिका–८...
प्रेमिकाको अश्लिल फोटो र भिडियो सामाजिक सञ्जालमा राखेको आरोपमा पक्राउ 
Hardik ivf

काठमाडौं, भदौ २८ : सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा आफ्नै केटी साथीको अश्लिल फोटो, भिडियो पोस्ट गरी चरित्र हत्या गरेको आरोपमा दोलखा बैतेश्वर गाउँपालिका–८ ठेगाना भई काठमाडौं टोखा धनेश्वर बस्ने २३ वर्षीय सुजन जिरेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ। 

आफ्नी प्रेमिकासँग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लिल फोटो तथा भिडियोहरू प्रेमिकासँग विवाद परेपछि मोबाइलसमेत खोसी ती अश्लिल फोटो, भिडियो पोस्ट गरी चरित्र हत्या गरेका जिरेल काभ्रे पाँचखालमा लुकीछिपी बसेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेसँग समन्वय गरी पाँचखालबाट पक्राउ गरेको हो।

उनलाई विद्युतीय कारोबार ऐन कसुरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ। 
 

प्रकाशित मिति: १७:४५ बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्