Kathmandu Press

सुदूरपश्चिम सरकारलाई समर्थन दिने एकीकृत समाजवादीको निर्णय

धनगढी, भदौ २८ : नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ।सो पार्टीको संसदीय दलको आज (सोमबार) धनगढीमा बसेको बैठकले...
सुदूरपश्चिम सरकारलाई समर्थन दिने एकीकृत समाजवादीको निर्णय

धनगढी, भदौ २८ : नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ।

सो पार्टीको संसदीय दलको आज (सोमबार) धनगढीमा बसेको बैठकले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको हो।

Hardik ivf

बैठकले संसदीय दलको विधान बनाउन तीन सदस्यीय समिति समेत गठन गरेको छ।

संसदीय दलको नेता चयनबारे बैठकले कुनै निर्णय लिन नसकेको बताइएको छ। संसदीय दलको विधान आएपछि मात्र दलको नेता, प्रमुख सचेतक, सचेतक र संसदीय दलका पदाधिकारी चयन गर्ने समझदारी भएको एक सांसदले बताए।

तीनजना आकांक्षी भएको र सहमति जुट्न कठिनाइ हुने स्थिति आएपछि आज दलको नेता चयन नगरिएको बताइएको छ।

उक्त संसदीय दलको बैठक मंगलबार दिउँसो फेरि बस्ने ती सांसदले जानकारी दिए।

प्रकाशित मिति: १७:३१ बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्