Kathmandu Press

एकीकृत समाजवादी वाग्मती प्रमुख सचेतकमा मुनु सिग्देल चयन

हेटौंडा, भदौ २८ : नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा मुनु सिग्देललाई चयन गरिएको छ।सो पार्टीको संसदीय दलको कार्यालय हेटौंडामा...
एकीकृत समाजवादी वाग्मती प्रमुख सचेतकमा मुनु सिग्देल चयन

हेटौंडा, भदौ २८ : नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा मुनु सिग्देललाई चयन गरिएको छ।

सो पार्टीको संसदीय दलको कार्यालय हेटौंडामा आज (सोमबार) बसेको बैठकले दलको उपनेतामा कृष्णप्रसाद खनाल र सचेतकमा बसुन्धरा हुमागाईंलाई चयन गर्ने निर्णय पनि गरेको छ।

Hardik ivf

बैठकले वाग्मती प्रदेशमा गठबन्धनको सरकार बनाउन माओवादी केन्द्र, नेपाली कांग्रेसलगायतका नेताहरूसँग समन्वय गर्न दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई जिम्मेवारी पनि दिएको छ।

गठबन्धनको सरकार बनेपछिको अवस्थामा न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न माधवप्रसाद पौडेल, वसन्त मानन्धर, मीना ज्ञवाली र बसुन्धरा हुमागाईंलाई जिम्मा दिने निर्णय पनि बैठकले गरेको छ।

बैठकले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको निष्कर्ष पनि निकालेको छ। वाग्मतीमा एमालेका ५६ सांसद थिए। १३ जनाले एकीकृत समाजवादी रोजेपछि एमाले ४३ सांसदमा सीमित भएको छ।

प्रकाशित मिति: १६:१७ बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्