Kathmandu Press

व्यक्ति नभई विचार र नेता नभई नीतिको पछि लाग्न राप्रपा अध्यक्ष थापाको आग्रह

व्यक्ति नभई विचार र नेता नभई नीतिको पछि लाग्न राप्रपा अध्यक्ष थापाको आग्रह

भक्तपुर, भदौ २८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई व्यक्ति नभई विचार र नेता नभई नीतिको पछि लाग्न आग्रह गरेका छन्।

राप्रपा जिल्ला कार्यसमिति भक्तपुरद्वारा आज (सोमबार) आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राप्रपा कम्युनिस्ट र कांग्रेसभन्दा फरक विचारधारा बनाएर अघि बढिरहेको दाबी गरे।

उनले राप्रपालाई कहिल्यै नफुटाउने र फुट्न नदिने अठोट पनि गरे। उनले पार्टीको केन्द्रीय महाधिवेशन आगामी कात्तिक २७ गतेदिख काठमाडौंमा पार्टीको  नयाँ विधानअनुसार गरिने जानकारी पनि दिए।

अध्यक्ष थापाले देशभरिका गाउँपालिका र नगरपालिकाका पार्टी अध्यक्षहरू महाधिवेशन प्रतिनिधि हुने जानकारी दिए। ‘प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट कम्तीमा ९ जनाको दरले सक्रिय सदस्य महाधिवेशन प्रतिनिधि छनोट भएर आउने उनको भनाइ थियो।

पहिलेला जस्तो जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमितिले खल्तीबाट झिकेर महाधिवेशन प्रतिनिधि पठाउन सक्ने व्यवस्था अब नभएको उनले स्पष्ट पारे।

प्रकाशित मिति: १३:२६ बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्