Kathmandu Press

पर्सामा काठ तस्कर र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर

पर्सामा काठ तस्कर र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर

वीरगन्ज, भदौ २८ : पर्सामा काठ तस्कर र प्रहरीबीच झडप भएको छ। त्यसक्रममा प्रहरीले हवाई फायरसमेत गरेको छ।

पर्साको पटेर्वा सुगौली गाउँपालिकाको फरहदवामा काठ तस्करको समूहलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको थियो। त्यसको प्रतिकारस्वरूप प्रहरीले तीन राउन्ड हवाई फायर गरेको जनाइएको छ। 

Hardik ivf

आज (सोमबार) बिहान चारवटा मोटरसाइकलमा काठ बोकेर आउँदै गरेका तस्करलाई प्रहरीले रोकेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

हवाई फायरपछि तस्करहरु मोटरसाइकल र काठ छाडेर भागेको जनाइएको छ। त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:३६ बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्