Kathmandu Press

कोरियामा मृत्यु भएका नेपालीका परिवारलाई सामसुङले क्षतिपूर्ति दिने

काठमाडौं, साउन १० : कोरियामा सडक दुर्घटनामा मृत्यु भएका तीन कामदारका परिवारलाई सामसुङ कम्पनीले क्षतिपूर्ति उपलब्ध गराउने भएको छ।

कोरियामा भए....

कोरियामा मृत्यु भएका नेपालीका परिवारलाई सामसुङले क्षतिपूर्ति दिने

काठमाडौं, साउन १० : कोरियामा सडक दुर्घटनामा मृत्यु भएका तीन कामदारका परिवारलाई सामसुङ कम्पनीले क्षतिपूर्ति उपलब्ध गराउने भएको छ।

कोरियामा भएको सडक दुर्घटनामा पाँचथरका सरोज आङदेम्बे, धादिङका ठाकुर तामाङ र उदयपुरका भुपाल  राईको मृत्यु भएको थियो। उनीहरू कोरियामा सामसुङ कम्पनीमा कार्यरत थिए।

सिओलस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेर क्षतिपूर्ति उपलब्ध गराउने विषयमा जानकारी दिएको छ।

मृतका परिवारलाई सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको आर्थिक प्रशासन शाखामा सम्पर्क राख्न अनुरोध गरिएको छ।

प्रकाशित मिति: १३:०० बजे, शुक्रबार, साउन १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्