रवीन्द्र अधिकारीको नाममा पुरस्कार
काठमाडौं, साउन १० : ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पूर्वमन्त्री रवीन्द्र अधिकारीको नाममा ६० हजार राशीको पुरस्कार स्थापना गरेको छ। यहि वर्ष....

काठमाडौं, साउन १० : ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पूर्वमन्त्री रवीन्द्र अधिकारीको नाममा ६० हजार राशीको पुरस्कार स्थापना गरेको छ। यहि वर्षदेखि वितरण गरिने जनाएको छ।
तत्कालनी पर्यटनमन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो। टानले उनको नाममा पुरस्कार स्थापना गरेको हो। यो पुरस्कार यसै वर्षदेखि वितरण गरिने टानले जनाएको छ।
टानले यस अघि चार वटा पुरस्कार वितरण गर्दै आएको छ। २५ हजार राशीको टान पत्रकारिता पुरस्कार दुई जनालाई प्रदान गर्दै आएको छ।
त्यस्तै, ५० हजार राशीको टान डा. हर्क गुरुङ पुरस्कार, ५० हजार राशीकै टान पासाङ ल्हामु पुरस्कार र १५ हजार राशीको टान पेम्बा डोमा पुरस्कार रहेका छन्।
यि पाँच वटै पुरस्कारका लागि छनोट गर्न बरिष्ठ पर्यटन व्यवसायी बोधराज भण्डारीको संयोजकत्वमा पुरस्कार छनोट समिति गठन गरिएको छ। समितिको सदस्यमा पर्यटन व्यवसायीहरू डम्बर पराजुली, पूर्णचन्द्र भुसाल, ङावा ङिमा शेर्पा र शीतल चन्द्र धरेल रहेका छन।
पाँचै पुरसकार भदौ २० गते हुने टानको ४१औं वार्षिक साधारणसभामा वितरण गरिनेछन्।

-1784896419.png)









