Kathmandu Press

सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष ओली सहभागी नहुने

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओली सहभागी नहुने भएका छन् ।
सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष ओली सहभागी नहुने

काठमाडौं, भदौ २८ : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओली सहभागी नहुने भएका छन् ।

प्रतिनिधिसभामा एमाले सांसदहरूले गरिरहेको अवरोध हटाउन छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । तर, ओली उक्त बैठकमा सहभागी नहुने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपा सांसद राजेन्द्र लिङ्देन, जनमोर्चा सांसद दुर्गा पौडेल र नेमकिपा सांसद प्रेम सुवाललाई बैठकमा आमन्त्रण गरिएको सभामुखको सचिवालयले जनाएको छ ।

एमाले अध्यक्ष ओलीले भने आफू नगई प्रतिनिधि पठाउने तयारी गरेको एमाले उच्च स्रोतले जनाएको छ ।

२३ भदौदेखि सुरु भएको संघीय संसदको नवौँ अधिवेशनका सुरुदेखिकै बैठकमा एमाले सांसदहरूले निरन्तर अवरोध गर्दै आएका छन् । हालसम्म सातवटा बैठक एमाले सांसदहरूले अवरोध गरिसकेका छन् ।

प्रकाशित मिति: ११:३३ बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्