बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?
काठमाडौं, भदौ २८ : सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ।कारोबारको पहिलो दिन आइतबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ३ सय रहेको...
काठमाडौं, भदौ २८ : सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य बढेको छ।
कारोबारको पहिलो दिन आइतबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ३ सय रहेको थियो । आज तोलामा सुनको मूल्य ३ सयले बढेर प्रतितोला ९० हजार ६ सय कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज आज तेजावी सुनको मूल्य ९० हजार १ सय रहेको छ।
महासंघका अनुसार आइतबारको तुलनामा सोमबार प्रतितोला चाँदीको मूल्य ५ रुपैयाँले वृद्धि भएको छ। आइतबार प्रतितोला चाँदीको मूल्य ११ सय ९५ रहेको थियो भने आज मूल्य बढि १२ सय रहेको छ।
प्रकाशित मिति: ११:२० बजे, सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











