Kathmandu Press

अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, भदौ २८ : देशभर आज सामान्य बदली रही अधिकांश स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। नेपालमा भारतको पूर्वी राजस्थान...
अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, भदौ २८ : देशभर आज सामान्य बदली रही अधिकांश स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

नेपालमा भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए। ‘अब मनसुनको समय सकिन केही समय मात्र बाँकी रहेकाले मनसुन विस्तारै कमजोर हुदै जाने क्रममा रहेको छ,’ मौसमविद् अर्यालले भने। 

हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका भूभागमा आंशिक बदलीका साथै गण्डकी, कर्णाली र सुदूरपीश्चम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य बदली रही देशका धेरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ। राति देशभर सामान्य बदली भई केही स्थानमा मेघ गर्जनका साथै हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव दुई डिग्री र अधिकतम तापक्रम ३० दशमलव आठ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १३ दशमलव आठ डिग्री र सबैभन्दा धेरै सिमराको अधिकतम तापक्रम ३६ दशमलव शुन्य डिग्री सेल्सियस छ। 
 

प्रकाशित मिति: ११:०५ बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्