Kathmandu Press

राप्रपा कञ्चनपुरका अध्यक्षमा गजेन्द्रबहादुर चन्द

कञ्चनपुर, भदौ २८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरका अध्यक्षमा गजेन्द्रबहादुर चन्द निर्विरोध चयन भएका छन्। राप्रपाका युवा नेता उनी आइतबार महेन्द्रनगरमा आयोजित जिल्ला...
राप्रपा कञ्चनपुरका अध्यक्षमा गजेन्द्रबहादुर चन्द

कञ्चनपुर, भदौ २८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरका अध्यक्षमा गजेन्द्रबहादुर चन्द निर्विरोध चयन भएका छन्। राप्रपाका युवा नेता उनी आइतबार महेन्द्रनगरमा आयोजित जिल्ला अधिवेशनबाट निर्वाचित भएका हुन्। 

नवनिर्वाचित अध्यक्ष चन्दले जिल्लामा टुक्रिएर रहेको राप्रपालाई एकीकृत बनाएर अघि बढाउँदै गतिशील बनाइने जानकारी दिए। उनले राप्रपा पाका पुस्ताका मात्रै पार्टी भएको भ्रममा नपर्न आग्रह गर्दै अब युवा नेतृत्वको वर्चश्व रहेको बताए।

‘जिल्लामा विकास निर्माणमा साथ र विकृतिविरुद्ध राप्रपा अग्रसर हुनेछ।’ उनले भने, ‘स्थानीय पालिकाले गरेका अनियमितता विरुद्ध हामी खरो रुपमा उत्रिने छौँ ।’ अधिवेशनले सदस्यतर्फ महेश्वरी सिंह, दिलबहादुर नाथ, वीरेन्द्रबहादुर चन्द, रमेश भट्ट, राजेन्द्रप्रसाद भट्ट, लोकबहादुर कुँवर, कैलाश भट्ट, नन्दादेवी खत्री लगायत २९ जनालाई चयन गरेको छ।

अधिवेशनमा राप्रपाका केन्द्रीय निर्देशन समिति सदस्य धर्मराज जोशी, केन्द्रीय कार्यसम्पादन समिति सदस्य तीर्थराज चटौत, हिक्मतसिंह भण्डारी र रणबहादुर बलायरलगायतको सहभागिता रहेको थियो।
 

प्रकाशित मिति: ०९:२३ बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्