Kathmandu Press

संसद्को अवरोध हटाउन आज सर्वदलीय बैठक बस्दै

काठमाडौं, भदौ २८ : संसद्को अवरोध हटाउन आज सर्वदलीय बैठक बस्न लागेको छ।नेकपा (एमाले) सांसदले संसद्मा विरोध प्रदर्शन गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय...
संसद्को अवरोध हटाउन आज सर्वदलीय बैठक बस्दै

काठमाडौं, भदौ २८ : संसद्को अवरोध हटाउन आज सर्वदलीय बैठक बस्न लागेको छ।

नेकपा (एमाले) सांसदले संसद्मा विरोध प्रदर्शन गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्। आज दिउसो २ः३० बजे संघीय संसद् भवनको ल्होत्से हलमा सर्वदलीय बैठक बस्न लागेको हो।

सभामुख सापकोटाले संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाएका छन्। छलफलका लागि प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव र लोकतान्त्रि समाजवादी पार्टीका संसदीय दलका नेता महन्थ ठाकुरलाई बोलाइएको छ।

त्यस्तै, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई पनि बैठकमा बोलाइएको सभामुखको सचिवालयले जनाएको छ।

सभामुखले पार्टी विभाजन गर्न भूमिका खेलेको भन्दै एमाले सांसद नियमित विरोध गर्दै आएका छन्। उनीहरुको विरोधका कारण प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक सञ्चालन हुन सकेको छैन।

प्रकाशित मिति: ०८:२५ बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्