त्रिदेशीय शृंखलामा आज नेपाल र अमेरिका भिड्दै
काठमाडौं, भदौ २८ : आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलामा आज नेपाल र अमेरिकाबीच पहिलो अन्तराष्ट्रिय एकदिवसीय खेल हुन लागेको छ।त्रिदेशीय शृंखलामा...
काठमाडौं, भदौ २८ : आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलामा आज नेपाल र अमेरिकाबीच पहिलो अन्तराष्ट्रिय एकदिवसीय खेल हुन लागेको छ।
त्रिदेशीय शृंखलामा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ। शृंखलाको पहिलो खेलमा नेपाल र अमेरिका भिड्न लागेका हुन्।
ओमानको अल अमिरत क्रिकेट मैदानमा नेपाल र अमेरिकाबीच अपराह्न ४ः१५ बजे खेल हुनेछ।
भारतीय मूलका खेलाडी रहेको अमेरिकी टोली बलियो छ। अमेरिका विरुद्धको खेल कठिन हुने कप्तान ज्ञानेन्द्र मल्लले बताएका छन्।
यसअघि लिग-२ अन्तर्गत नै नेपालले अमेरिकासँग दुई वटा खेल खेलेको थियो। त्रिवि क्रिकेट मैदानमा भएका दुवै खेल नेपालले जितेको थियो।
प्रकाशित मिति: ०६:५६ बजे, सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











