Kathmandu Press

सम्पत्ति जफतको अहिलेसम्म कुनै औपचारिक सूचना छैन : अफगान केन्द्रीय बैंक

काबुल, भदौ २७ : अफगानिस्तानको केन्द्रीय बैंक, ‘दा अफगानिस्तान बैंक (डीबीए)’ ले अहिलेसम्म आफ्नो सम्पत्ति जफत हुने सम्बन्धमा कुनै औपचारिक सूचना प्राप्त नभएको...
सम्पत्ति जफतको अहिलेसम्म कुनै औपचारिक सूचना छैन : अफगान केन्द्रीय बैंक

काबुल, भदौ २७ : अफगानिस्तानको केन्द्रीय बैंक, ‘दा अफगानिस्तान बैंक (डीबीए)’ ले अहिलेसम्म आफ्नो सम्पत्ति जफत हुने सम्बन्धमा कुनै औपचारिक सूचना प्राप्त नभएको बताएको छ। 

डीबीएले आइतबार दिएको एक वक्तव्यमा भनिएको छ, ‘अहिलेसम्म ‘दा अफ्गानिस्तान बैंक’ले यस बैंकको मौद्रिक सञ्चितिलाई फ्रिजिङ गर्नेसम्बन्धमा कुनै औपचारिक सूचना प्राप्त गरेको छैन र बैंकलाई विदेशी सञ्चारमाध्यमको रिपोर्टका आधारमा अफगानिस्तानी राष्ट्रिय सञ्चारमाध्यमले समाचारमार्फत यसबारे जानकारी गराइएका छन्।’

Hardik ivf

अगस्तमा तालिबानले काबुल कब्जा गरेपछि धेरै ग्राहकहरूले आफ्नो बचतलाई बैंकबाट निकाल्न लामो लाइनमा बस्नुपर्ने बाध्यता भएको छ। 

अमेरिकाद्वारा अफगानिस्तानी बैंकको सम्पत्ति जफत गर्ने र विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) द्वारा घोषणा गरिएको रकम रोकिएको रिपोर्टले अफगानीहरू माझ चिन्ता बढेको चिनियाँ समाचार संस्था सिन्ह्वाले उल्लेख गरेको छ। गत महिना डीबीएले मध्य एसियाली देशका सबै बैंकहरूलाई ग्राहकका लागि २० हजार अफगानीहरूको साप्ताहिक निकासी सीमा निर्धारण गर्ने आदेश जारी गरेको थियो। 

डीबीएद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘डा अफगानिस्तान बैंक’ले अफगानिस्तानका सम्पन्न नागरिकहरूलाई व्यावसायिक बैंकहरूमा आफ्नो निक्षेपको सुरक्षाको हुने विश्वास दिलाउन चाहन्छ। 

गत आइतबार अफगानिस्तानका अधिकांश बैंकले वित्तीय सेवामा झण्डै हप्ता लामो अवरोध अन्त्य गर्दै मुलुकमा बैंकिङ सेवा पुनः सञ्चालनमा ल्याएका छन्। तर बैंकको पैसा जफत हुने समाचारपछि निक्षेपकर्ताले आफ्नो रकम झिक्न थालेपछि बैंकमा ग्राहकहरूको लामो लाइन लाग्न थालेको छ।

प्रकाशित मिति: २०:४४ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्