Kathmandu Press

जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना

काठमाडौं, भदौ २७ : संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना शुरु गरेको छ। बोर्डले...
जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना

काठमाडौं, भदौ २७ : संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना शुरु गरेको छ। 

बोर्डले आइतबारबाट काठमाडौंका विभिन्न स्थानकमा एकैसाथ काम शुरु भएको हो।

परियोजनाले ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) सँगको सहकार्यमा नारायणहिटी दरबार संग्रहालयमा सय जना, चन्द्रागिरीको मातातिर्थमा सय जना र सहिद स्मारक प्रकृती प्रतिष्ठान थानकोटमा ६० जना पर्यटन मजदुरहरुलाई काममा लगाइएको छ। 

यस्तै होटल एशोसिएशन नेपाल (हान) मा ४० जना बढिले काम शुरु गरेका छन्। जसअनुसार आइतबारमात्र करिब तीन सय बढी पर्यटन क्षेत्रका श्रमिक तथा मजदूर काममा जोडिएका छन्। 

यस्तै परियोजना अन्र्तगत किर्तीपूर र पर्वतको जलजला, सखुवासभाको चिचिलामा गरी करिव २ सय ५० जना श्रमिकहरु काममा आवद्ध भएको परियोजनाले जनाएको छ। 

परियोजनाले पर्यटनका विभिन्न छाता संस्थाहरूका साथै काठमाडांैको किर्तीपुर, भक्तपुरको चाँगुनारायण, मकवानपरको थाहा, चितवनको रत्ननगर नगरपालिकासँगै ताप्लेजुङ, सोलुखुम्बुका, संखुवासभा, मुस्ताङ, पर्वत र ओखरढुङगा एक–एक गरी १० ओटा स्थानीय तहसँग सम्झौता गरी जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना शुरु गरिसकेको छ ।

दुई वर्ष ६ महिना अवधिको परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा युएनडिपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरी कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गर्नेछ। विशेषगरी पर्यटन क्षेत्रका करिब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरि राहत पु¥याईने परियोजनाको लक्ष्य छ।

यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरी थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने लक्ष्य लिएको छ। परियोजनाले विशेषगरी पदमार्ग, जलयात्रा (राफ्टिङ्ग) गरिने नदी, ट्रेकिङ्ग ट्रेल, हिमाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय सम्पदाहरूमा क्षेत्र निर्धारण गरी पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी दिइने बोर्डका सूचना अधिकारी तथा परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले जानकारी दिए। 

यस्तै नारायणहिटी परिषरमा मजदुरसँग काम हस्तान्तरण कार्यक्रममा संग्रहालयका कार्यकारी निर्देशक भेषराज दाहालले संग्रहालयमा गरिने सरसफाई लगायतका कामले ऐतिहासक पर्यटकीय गन्तव्यको आर्कषण कायम रहने मात्र नभई कोभिडले समस्यामा रहेका मजदुरलाई अल्पकालीन भएपनि रोजगारी प्रदान गर्नु सकारात्मक भएको बताए।

यस्तै बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले कोरोना महामारीका कारण पर्यटन क्षेत्रका धेरै मजदुरले रोजगारी गुमाएको अवस्थामा यस परियोजनाले ती मजदुरको लागि छोटो अवधीको भएपनि रोजगारीको अवसर सिर्जना गर्ने बताउँछन्।

प्रकाशित मिति: २०:१६ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्