Kathmandu Press

माछापुच्छ्रे बैंकमा अब अनलाइनबाटै डिम्याट खाता

माछापुच्छ्रे बैंकमा अब अनलाइनबाटै डिम्याट खाता

काठमाडौं, भदौ २७ : माछापुच्छ्रे बैंकमा अब अनलाइन बाटै डिम्याट खाता खोल्न सकिने भएको छ ।

डिम्याट लगायत सेयर आवेदन सम्बन्धि सम्पूर्ण सुविधा प्रदान गर्दै आएको बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदन दिन मिल्ने गरी अनलाइनबाट डिम्याट खाता खोल्ने सुविधा उपलब्ध गराएको हो ।

अब बैंकको वेवसाइटमा गएर अनलाइन डिम्याट खाता खोल्न सकिने छ ।

अनलाइन मार्फत डिम्याट खाता खोल्ने प्रकृया पुरा गरी सकेपछि एकपटक आफुलाई पायक पर्ने माछापुच्छ्रे बैंकको शाखामा गई परिचय खुल्ने कागजात सहित स्वयं उपस्थित भए पश्चात डिम्याट खाता नम्बर प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

प्रकाशित मिति: १९:५६ बजे, आइतबार, भदौ २७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्