आफ्नो सम्पत्तिबारे नै जानकारी छैन गण्डकी प्रदेशमा मन्त्री मनाङेलाई
काठमाडौं, भदौ २७ : गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नो सम्पत्ति कति छ भन्ने बिषयमा आफैलाई जानकारी नभएको बताएका छन् ।“म...
काठमाडौं, भदौ २७ : गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नो सम्पत्ति कति छ भन्ने बिषयमा आफैलाई जानकारी नभएको बताएका छन् ।
“म आफैँ कन्फ्युज छु कि मसँग के छ, के छैन भन्ने कुरा । मसँग सम्पत्ति छ, छैन भन्न मिल्दैन । तर, कहाँ छ भन्दा, फर्स्ट वाइफलाई दिइसकेको छु, छोराहरूका नाममा राखिएको छ । अब त्यसलाई मेरो भनुँ भने समस्या आउँछ,” उनले भने ।
उनले आफ्नो पुरानो सम्पत्ति मुद्दा रहेको र त्यो सम्पत्ति पनि बढेको पनि बताए ।
प्रकाशित मिति: १९:३६ बजे, आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











