पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन
राजविराज, साउन १० : पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको आज बिहान ८७ वर्षको उमेरमा निधन भएको छ।
सप्तरीको राजविराज नगरपालिका निवासी उनको बिहान ....
राजविराज, साउन १० : पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको आज बिहान ८७ वर्षको उमेरमा निधन भएको छ।
सप्तरीको राजविराज नगरपालिका निवासी उनको बिहान ६ बजे आफ्नै निवासमा निधन भएको परिवारजनले बताएका छन्। उनी उच्च रक्तचापबाट पीडित थिए।
विसं १९८९ असोजमा जन्मिएका सिंह विसं २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्यमन्त्री भएको उनका छोरा सुमनप्रसाद सिंहले बताए।
मुलुकमा प्रजातन्त्र स्थापना भएपछि पूर्वमन्त्री सिंहले सक्रिय राजनीति छोडेर समान्य जीवन बिताइरहेका थिए। उनका दुई छोरा र छोरी छन्।
उनका जेठो छोरा डा रमणप्रसाद सिंह चिकित्सक र कान्छो छोरा सुमनप्रसाद प्राध्यापक छन्।
उनको आजै हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन्। (रासस)






