मुख्यमन्त्री शाक्यलाई समर्थन नगर्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौं, भदौ २७ : नेकपा (एकीकृत समाजवादी) ले बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नभएको जनाएको छ।एमाले विभाजन भएपछि एकीकृत समाजवादी रोजेका १३...
काठमाडौं, भदौ २७ : नेकपा (एकीकृत समाजवादी) ले बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नभएको जनाएको छ।
एमाले विभाजन भएपछि एकीकृत समाजवादी रोजेका १३ सांसदको आज (आइतबार) बसेको बैठकले बैठकले मुख्यमन्त्री शाक्यलाई आफूहरूको समर्थन नरहेको जानकारी संसद सचिवालयलाई गराउने निर्णय गरेको हो। बैठकले सांसद संसदीय दलको नेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको छ।
लामो समय माधवकुमार नेपाललाई साथ दिँदै आए पनि अन्ततः पार्टी विभाजन हुनुभन्दा केही अघि मात्र उनी नेपाल समूह छाडेर भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन्। मुख्यमन्त्री बनेको एक महिना पनि नबित्दै शाक्य अल्पमतमा परेकी छन्। अब उनले विश्वासको मत लिनुपर्छ।
बाग्मती प्रदेशमा १ सय ९ जना प्रदेशसभा सदस्य छन्। विभाजनअघि एमालेको प्रस्ट बहुमत थियो। एमालेका ५५ सांसदमध्ये १३ जना एकीकृत समाजवादीमा गएपछि एमाले सांसद ४२ सांसदमा सीमित हुन पुगेको छ।











