Kathmandu Press

चीनमा कोरोनाविरुद्ध दुई अर्ब १४ करोड डोज खोप लगाइयो

बेइजिङ, भदौ २७ : चीनमा कोरोना भाइरसविरुद्ध दुई अर्ब १४ करोडभन्दा बढी डोज खोप लगाइ सकिएको सिन्ह्वा समाचार समितिले जनाएको छ।देशभर दुई अर्व १४...
चीनमा कोरोनाविरुद्ध दुई अर्ब १४ करोड डोज खोप लगाइयो

बेइजिङ, भदौ २७ : चीनमा कोरोना भाइरसविरुद्ध दुई अर्ब १४ करोडभन्दा बढी डोज खोप लगाइ सकिएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

देशभर दुई अर्व १४ करोड डोज खोप लगाइएको यहाँ राष्ट्रिय स्वास्थ्य निकायले आइतबार जानकारी दिएको छ।  

Hardik ivf

चीनको हुबे प्रन्तको बुहान शहरबाट सन् २०१९ को डिसेम्बरबाट कोरोना भाइरसको सङ्क्रमण सुरु भएको थियो। 

कोरोना भाइरसबाट प्रभावित भएका सबै देश यसको विरुद्ध खोप अभियान सुरु गरेका छन् । तर चीन खोप अभियान सबभन्दा अगाडि रहेको छ। 

कोरोनाको कारण हालसम्म विश्वभर २२ करोड ५१ लाख ७४ हजार ४४२ जनाको सङ्क्रमित भएका छन् भने यसको सङ्क्रमणको कारण ४६ लाख ३९ हजार ८६७ जनाको मृत्यु भएको छ। 
 

प्रकाशित मिति: १६:४७ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्