थप ९११ जनामा कोरोना संक्रमण पुष्टि, १३ को मृत्यु
काठमाडौं, भदौ २७ : पछिल्लो २४ घण्टामा ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।कुल ११ हजार १८ जनामा कोरोना परिक्षण भएको मध्ये पीसीआर...
काठमाडौं, भदौ २७ : पछिल्लो २४ घण्टामा ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
कुल ११ हजार १८ जनामा कोरोना परिक्षण भएको मध्ये पीसीआर परीक्षणमा ८३८ जना र एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ भने १४२३ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै काठमाडौं उपत्यकामा मात्रै ३०९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १८७, ललितपुरका ५६ र भक्तपुरमा ६६ जनामा कोरोना संक्रमित थपिएका हुन् ।
प्रकाशित मिति: १६:१७ बजे, आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











