Kathmandu Press

बजेटमार्फत राज्यको दायित्व पूरा गर्न खोजेको हुँ : अर्थमन्त्री शर्मा

काठमाडौं, भदौ २७ : अर्थमन्त्री जनार्दन शर्माले आफूले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेट वितरणमुखी नभएको बरु त्यसमार्फत राज्यको दायित्व पूरा गर्न खोजिएको दाबी गरेका छन्।आज (आइतबार)...
बजेटमार्फत राज्यको दायित्व पूरा गर्न खोजेको हुँ : अर्थमन्त्री शर्मा

काठमाडौं, भदौ २७ : अर्थमन्त्री जनार्दन शर्माले आफूले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेट वितरणमुखी नभएको बरु त्यसमार्फत राज्यको दायित्व पूरा गर्न खोजिएको दाबी गरेका छन्।

आज (आइतबार) बजेटबारे छलफल गर्न अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आम्दानी गर्न नसक्ने दीर्घरोगी, राजनीतिक आन्दोलनमा होमिएका योद्धालाई राज्यले हेर्नुपर्नेमा जोड दिए। 

त्यस्ता व्यक्तिहरूलाई सरकारले सहयोग गर्न खोजेको विषयलाई वितरणमुखी भन्न नहुने मन्त्री शर्माको भनाइ थियो। 

मन्त्री शर्माले सरकारले पहिलोपटक ५ लाख गरिब परिवारलाई १० हजार रुपैयाँ दिने कार्यक्रम ल्याइएको बताए।

कोरोना प्रभावित अति गरिब परिवारलाई दसैंतिहारअघि बाँड्ने सरकारी योजना रहेको र कस्ता परिवारले रकम पाउने भनी मापदण्ड बन्ने प्रक्रियामा रहेको उनले जानकारी दिए।

मन्त्री शर्माले हरेक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने र त्यसको अनुगमन गर्न छुट्टै संयन्त्र बनाउने पनि बताए। सरकारले बजेटको कुल आकार घटाए पनि पुँजीगत खर्च बढाएको दाबी गरे।

प्रकाशित मिति: १६:१० बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्