Kathmandu Press

एमाले सांसद पाण्डे र भट्टमाथि तत्काल कुनै कारबाही नगर्न आदेश

काठमाडौं, भदौ २७ : नेकपा (एकीकृत समाजवादी) मा आफूहरुको नाम अद्यावधिक गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका एमाले सांसदद्वय  सोमप्रसाद पाण्डे र शारदा भट्टका...
एमाले सांसद पाण्डे र भट्टमाथि तत्काल कुनै कारबाही नगर्न आदेश

काठमाडौं, भदौ २७ : नेकपा (एकीकृत समाजवादी) मा आफूहरुको नाम अद्यावधिक गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका एमाले सांसदद्वय  सोमप्रसाद पाण्डे र शारदा भट्टका बारेमा तत्काल कुनै कारबाही प्रक्रिया अगाडि नबढाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ।

पाण्डे र भट्टद्वारा दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै आज (आइतबार) सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काको एकल इजलासले उनीहरुका बारेमा तत्काल कुनै कारबाही अगाडि नबढाउन आदेश जारी गरेको हो। 

एमालेबाट विभाजित भई एकीकृत समाजवादी गठन गर्दा निर्वाचन आयोगले सनाखतमा आफूहरूलाई समावेश नगराएको भन्दै त्यसविरुद्ध एमाले सांसदद्वय पाण्डे र भट्टले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

उक्त इजलासले सो विषयका बारेमा छलफल गर्न दुवै पक्षलाई भदौ २९ बोलाउन आदेश दिएको छ।   

प्रकाशित मिति: १५:२४ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्