Kathmandu Press

भ्रष्टाचार मुद्दामा लामालाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश

काठमाडाैं, साउन ९ : विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काको गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोपम....

भ्रष्टाचार मुद्दामा लामालाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश

काठमाडाैं, साउन ९ : विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काको गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहकी अमिता लामा सोदेम्बालाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ।
 
न्यायाधीशहरू बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार वैद्यको इजलासले लामालाई साधारण तारेखमा छोड्ने आदेश दिएको हो। विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार लामा बिहीबार अदालतमा उपस्थिति भएर बयान दिएपछि साधारण तारिखमा छाड्ने आदेश दिइएको हो।

निगमका पूर्वकार्यकारी निर्देशक खड्कासहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ साल पुस २३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। खड्काले अकूत रुपमा आर्जन गरेको सम्पत्ति खड्काकी श्रीमती शर्मिला खड्का र सोदेम्बाका नाममा राखेको दाबी गर्दै खड्का र लामाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। 

निगमका पूर्वकार्यकारी निर्देशक खड्काले १८ करोडभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख गरिएको छ। आरोपपत्रमा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति अन्य व्यक्तिका नाममा सात करोड रूपैयाँ बराबरको सम्पत्ति लुकाई राखेकाले जफत गर्नुपर्न माग गरिएको छ। 

आरोपपत्रमा खड्काले विभिन्न बैंकका एटिएमबाट सुपरमार्केटहरूमा एक करोड ८० लाख १६ हजार रूपैयाँ खर्च गरेको उल्लेख थियो। तीमध्ये स्रोत खुलेको आय आठ करोड ६४ लाख ६९ हजार रूपैयाँ छ। बाँकी १८ करोड ६६ लाख रूपैयाँको स्रोत खुलेको छैन। त्यो स्रोत नखुलेको सम्पत्तिलाई गैरकानूनी रूपमा आर्जन गरेको आयोगले उल्लेख गरेको छ। 

प्रकाशित मिति: १८:५२ बजे, बिहीबार, साउन ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्