ओखलढुंगाको मानेभन्ज्याङमा जिप दुर्घटना : एकको मृत्यु, नौ घाइते
ओखलढुंगा, भदौ २७ : ओखलढुंगाको मानेभन्ज्याङमा आज (आइतबार) जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने नौजना घाइते भएका छन्।सिद्धिचरण नगरपालिका–२ ठुलाछापको निशंखेदेखि...
ओखलढुंगा, भदौ २७ : ओखलढुंगाको मानेभन्ज्याङमा आज (आइतबार) जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने नौजना घाइते भएका छन्।
सिद्धिचरण नगरपालिका–२ ठुलाछापको निशंखेदेखि काठमाडौं जाँदै गरेको बा११च ५२१० नम्बरको जिप मानेभन्ज्याङ गाउँपालिका–६ हिलेपानीमा दुर्घटनामा परेको थियो।
चालकसहित १० जना सवार जिप सडकदेखि ५० मिटर तल खसेको बताइएको छ। घटनामा बाराका अन्दाजी ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
नौ जना घाइते भएको र उनीहरूमध्ये एकजना नाबालक शिशुसहित चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरीकार्यालय ओखलढुंगाले जनाएको छ।
घाइतेहरूको उदयपुरको घुर्मीस्थित अस्पतालमा उपचार भइरहेको जनाइएको छ। गम्भीर घाइतेहरूलाई थप उपचारको लागि काठमाडौं लैजान हेलिकप्टर झिकाउन समन्वय भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १४:२२ बजे, आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











