Kathmandu Press

एमालेको अवरोधपछि १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित

आफ्नो अधिकारबारे बोल्दा अरूको अधिकारको सम्मान गर्नुपर्ने विश्वव्यापी मान्यता रहेको उल्लेख गर्दै उनले नाराबाजीमा उत्रिएर अरू सांसदहरूको बोल्ने अधिकार कुण्ठित गर्न नहुनेमा जोड दिए।  
एमालेको अवरोधपछि १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, भदौ २७ : एमालेको अवरोधपछि १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

उनले प्रमुख प्रतिपक्षी दल एमालेलाई वादविवाद छाडेर संवादमा आउन आह्वान पनि गरेका छन्। लगातार संसद अवरोध गर्दै आएपछि सभामुख सापकोटाले एमालेलाई संवादमा आउन आह्वान गरेका हुन्।

Hardik ivf

आज (आइतबार) को संसद अवरुद्ध गरी नाराबाजीमा उत्रिएका एमाले सांसदलाई सम्बोधन गर्दै सभामुख सापकोटाले समस्याको समाधान वार्ता र संवादबाट खोज्ने बताएका थिए तर उनीहरूले सभामुखको अपिललाई वास्ता गरेनन्।

आफ्नो अधिकारबारे बोल्दा अरूको अधिकारको सम्मान गर्नुपर्ने विश्वव्यापी मान्यता रहेको उल्लेख गर्दै उनले नाराबाजीमा उत्रिएर अरू सांसदहरूको बोल्ने अधिकार कुण्ठित गर्न नहुनेमा जोड दिए।    

नाराबाजीकै बीचमा उनले पटकपटक एमाले सांसदलाई संसदीय मर्यादा पालना गरेर सहयोग गर्न आह्वान गरे। उनले भने, ‘हामीले सबैले गम्भीर ढंगले मनन गरेर संसद सहज ढंगले सञ्चालन हुने वातावरण बनाउन म आह्वान गर्छु, अपिल गर्छु ।’

तर एमाले सांसदहरू सभामुखको अपिललाई आत्मसात् गर्न तयार नभएपछि बैठक स्थगित गरिएको हो।

संसदमा एमाले सांसदहरूले ‘पार्टी फुटाउने षडयन्त्र मुर्दावाद’, ‘गैरसांसद्लाई प्रवेश निषेध गर’, ‘संसदीय मर्यदा कायम गर’, ‘संवैधानिक सर्वोच्चता कायम गर’, ‘पक्षपातपूर्ण व्यवहार बन्द गर’ लगायत नारा लगाइरहेका थिए।

प्रकाशित मिति: १३:५० बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्