Kathmandu Press

एमाले सांसदहरूले गरे प्रतिनिधिसभा बैठक अवरुद्ध 

गत बुधबार सुरु भएको संघीय संसदको नवौँ अधिवेशनको सुरुमै एमाले सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सदनमै चर्को नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका थिए। शुक्रबार पनि उनीहरूले सदन अवरुद्ध गरेका थिए।
एमाले सांसदहरूले गरे प्रतिनिधिसभा बैठक अवरुद्ध 

काठमाडौं, भदौ २७ : प्रतिनिधिसभा बैठक सुरु भएको छ। बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले बैठक अवरुद्ध पारेका छन्।

पार्टी संसदीय दलले बर्खास्त गर्ने सूचना दिएका एमालेका तत्कालीन १४ जना सांसदलाई पदबाट नहटाएसम्म सदनका बैठक चल्न नदिने निर्णय एमालेले गरेको छ।

गत बुधबार सुरु भएको संघीय संसदको नवौँ अधिवेशनको सुरुमै एमाले सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सदनमै चर्को नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका थिए। शुक्रबार पनि उनीहरूले सदन अवरुद्ध गरेका थिए।

शुक्रबारको बैठकमा एमालेको विरोधका बाबजुद सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो। त्यही प्रतिस्थापन विधेयकमाथि आजको बैठकमा छलफल हुने कार्यसूची छ।

प्रकाशित मिति: १३:३५ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्