पूर्वलडाकूहरुको चेतावनी- प्रचण्ड र बाबुरामलाई हेगमा उभ्याउँछौं
काठमाडौं, साउन ९ : बर्हिगमित जनमुक्ति सेनाले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘द हेग’ जाने चेतावनी दिएका ....

काठमाडौं, साउन ९ : बर्हिगमित जनमुक्ति सेनाले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘द हेग’ जाने चेतावनी दिएका छन्।
बर्हिगमिन जनमुक्ति सेनाले बिहीबार पत्रकार सम्मेलन गरी पुनः स्थापनाका लागि आवश्यक र उपयुक्त सहयोग प्रदान नगरे माओवादीका तत्कालीन नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराईलगायत द्वन्द्वसँग जोडिएकाहरुलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पुर्याउने चेतावनी दिएका हुन्।
‘कि त प्रभावित बालबालिकाहरुका लागि आवश्यक र उपयुक्त सहयोग गरियोस्, कि त सरकार र सरोकारवाला पक्षले बालसैन्य भर्तिबाट भएको अधिकारको उल्लंघनको जिम्मेवारी लिइयोस्,’ बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिका इन्चार्ज लेनिन विष्टले भने।
उनले भने,‘तीन महिनाभित्र प्रचण्ड, बाबुराम भट्टराईलगायतका नेताहरुलाई हेग पुर्याइनेछ।’ विष्टले जनयुद्धको औचित्य पुष्टि गर्न चुनौती दिए। भविष्यमा फेरि गरिब नेपालीका छोराछोरी युद्धमा प्रयोग हुँदैनन् भन्ने सुनिश्चितता गर्न आग्रह गरे।
आफूहरुको माग जायज भएकाले पूरा नभए अन्तर्राष्ट्रिय फौजदारी अदालत द हेगमा उजूरीका लागि जान बाध्य हुने बताए। तीन महिनासम्म निशर्त माग पूरा नगरे द हेग जानुको विकल्पन भएको उनले बताए।
कार्यक्रममा बर्हिगमित जनमुक्ति सेना नेपालका अध्यक्ष असिम लिम्बूले माग पूरा नभए प्रचण्ड र बाबुराम जेल जाने चेतावनी दिए। उनले भने,‘जायज माग सम्बोधन तत्काल नगरिए प्रचण्ड र बाबुरामलाई जेल जानबाट कसैले रोक्न सक्दैन।’ युद्ध अपराधमा धेरै नेताहरु जोडिसकेकाले गम्भीर अवस्था आउने उनको चेतावनी छ।

-1784896419.png)









