भदौ ३१ गते चीनबाट ४४ लाख डोज भेरोसेल खोप आउने
काठमाडौं, भदौ २७ : चीनबाट खरिद गरिएको ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप बिहीबार (भदौ ३१ गते) नेपाल आउँदैछ।सरकारले चीनसँग पछिल्लो पटक ६०...
काठमाडौं, भदौ २७ : चीनबाट खरिद गरिएको ४४ लाख डोज कोरोनाविरुद्धको भेरोसेल खोप बिहीबार (भदौ ३१ गते) नेपाल आउँदैछ।
सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो। तीमध्ये १६ लाख डोज भदौ ४ र ५ गते नै ल्याइसकिएको छ। बाँकी ४४ लाख डोज बिहीबार ल्याउन लागिएको हो।
खोप व्यवस्थापन महाशाखाका आपूर्ति शाखाका अनुसार खोप लिन भदौ ३० गते नेपालबाट जहाज चीन जाने र ३१ गते नेपाल आइपुग्ने गरी तयारी गरिएको छ।
नेपालमा यसअघि २४ लाख ४८ हजार डोज कोभिसिल्ड, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख ७७ हजार ३ सय २० डोज एस्ट्राजेनेका खोप ल्याइसकिएको छ।
असोजमा गाभीमार्फत १ लाख डोज फाइजर खोप आउने टुंगो लागेको छ । यसै वर्षको अन्त्यसम्म थप ६० लाख फाइजर र ४० लाख मोर्डना गरी १ करोड डोज खोप आउनेसमेत बताइएको छ।
प्रकाशित मिति: १२:४८ बजे, आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











