Kathmandu Press

बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षलाई काममा फर्किन अपिल

बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षलाई काममा फर्किन अपिल

काठमाडौं, भदौ २७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन अपिल गरेको छ।

आज (आइतबार) एक विज्ञप्ति जारी गरेर मन्त्रालयले आन्दोलनरत पक्षका अधिकांश माग सम्बोधन भइसकेका र बाँकी माग पूरा गर्दै जाने उल्लेख गर्दै तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिन अपिल गरेको हो।

मन्त्रालयले आन्दोलनरत पक्षले उठाएका माग र सम्बोधन भएका आठबुँदा समेत सार्वजनिक गरेको छ। अन्य मागबारे अध्ययन भइरहेकाले छिट्टै पूरा गर्ने आश्वासन पनि मन्त्रालयले दिएको छ।

प्रतिष्ठानका स्वास्थ्यमर्कीहरूले लामो समयदेखि बिपी प्रतिष्ठान शुद्धीकरणको माग राख्दै आन्दोलन गरिरहे पनि पछिल्लो एक सातायता भने इमर्जेन्सी, कोभिड उपचार र पूर्वनिर्धातिर परीक्षाका कार्यक्रमबाहेक अन्य सबै सेवा ठप्प पारेका छन्।

प्रकाशित मिति: १२:११ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्