Kathmandu Press

प्रहरीले सार्वजानिक गर्यो संखुवासभा हत्याकाण्डका आरोपी

काठमाडौं, भदौ २७ : संखुवासभामा ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ।मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको...
प्रहरीले सार्वजानिक गर्यो संखुवासभा हत्याकाण्डका आरोपी

काठमाडौं, भदौ २७ : संखुवासभामा ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ।

मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या गरेको आरोपमा उनकै भतिज नाता पर्ने लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। 

प्रहरीले चैनपुरमा पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको हो। 

गत सोमबार मादी–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो।

प्रहरीले लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको रगतले लतपतिएको कपडा र हथौडा बरामद गरेको जनाएको छ।

लोकबहादुर मृतक तेजबहादुरका भतिज हुन् । लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको तर घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको बयान दिएका छन् । 

लोकबहादुरले आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । व्यक्तिगत रिसीबीका कारण हत्या भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:३४ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्