भगवान कोइरालाको नेतृत्वमा बाल अस्पताल खोल्न सरकारले दियो ४१ रोपनी जग्गा
काठमाडौं, साउन ९ : सरकारले मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा बाल अस्पताललाई खोल्न ४१ रोपनी जग्गा उपलब्ध गराउने भएको छ।
....
काठमाडौं, साउन ९ : सरकारले मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा बाल अस्पताललाई खोल्न ४१ रोपनी जग्गा उपलब्ध गराउने भएको छ।
बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले काठमाडौं चाइल्ड हेल्थ हस्पिटलका लागि बुढानिलकण्ठ–७ मा ४१ रोपनी जग्गा भाडामा दिने निर्णय गरेको जानकारी दिए।
उक्त अपस्ताल १०० शैय्याको हुने र सात वटै प्रदेशमा ५० शैय्याको बाल अस्पताल बनाउन स्वीकृति दिने पनि निर्णय गरिएको मन्त्री बाँस्कोटाले बताए। बाल अस्पताल निर्माणका लागि डा. कोइरालाको अध्यक्षतामा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बनाइएको छ।
अस्पताल निर्माणका लागि इन्स्टिच्युटले यसअघि नै एक करोड रुपैयाँ बढी रकम जुटाइसकेको छ।






