Kathmandu Press

भक्तपुर, ताप्लेजुङ र हुम्लामा नेकपा (एकीकृत समाजवादी) गठन

भक्तपुर, भदौ २७ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला समिति गठन गरिएको छ। नेकपा एमालेका तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी...
भक्तपुर, ताप्लेजुङ र हुम्लामा नेकपा (एकीकृत समाजवादी) गठन

भक्तपुर, भदौ २७ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला समिति गठन गरिएको छ। नेकपा एमालेका तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतका अध्यक्षतामा ७७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो।

नेता बस्नेत यसअघि गठन गरिएको नेकपा एमालेको समानान्तर जिल्ला समितिका सचिव थिए। समितिका उपाध्यक्षमा प्रेमानन्दलाल श्रेष्ठ, सचिवमा पुरुषोत्तम लामिछाने र उपसचिवमा रामगोपाल चौगुठी चयन भएका छन्। 

नवगठित कमिटीका अध्यक्ष बस्नेतले जिल्लामा छिट्टै अगुवा कार्यकर्ता भेला गरी वडा, नगर र क्षेत्रीय कमिटी, विद्यार्थी, युवा र महिला कमिटी गठन गर्दै आउँदो स्थानीय तहको निर्वाचन पार्टीको उपस्थितिलाई बलियो बनाउने जानकारी दिए।

ताप्लेजुङको अध्यक्षमा  लामा

नेकपा (एकीकृत समाजवादी) का अध्यक्षमा छिरिङ लामा चयन भएका छन्। शनिबार सदरमुकाम फुङलिङमा भएको अगुवा कार्यकर्ता भेलाले ७२ सदस्यीय जिल्ला कमिटीको घोषणा गरेको छ। 

कमिटीका उपाध्यक्षमा दुर्गाहाङ चोङ्वाङ (लिम्बू( र मञ्जु भट्टराई चयन भएका छन् भने सचिवमा मोहन न्यौपाने र उपसचिवमा रक्की थेबे रहेका छन्। 

एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य गणेश काम्बाङको प्रमुख आथित्यतामा भेला सम्पन्न भएको थियो। जिल्लामा २१ जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोज्दै जिल्ला निर्वाचन कार्यालयमा हस्ताक्षर गरेका थिए भने एक जनाले भने हस्ताक्षर फिर्ता लिएका थिए। 

हुम्लामा नेता शर्माकाे नेतृत्वमा १०१ सदस्यीय कमिटी

नेकपा (एकीकृत समाजवादी)ले नेता शिवराज शर्माकाे अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। उनी तत्कालीन एमालेका जिल्ला सचिव हुन्। 

शनिबार सार्वजनिक गरिएको जिल्ला कमिटी उपाध्यक्षमा तीर्थराज रोकाया, सचिवमा कमल छत्याल र उपसचिवमा प्रेमा लामालाई जिम्मेवारी तोकिएको जिल्ला अध्यक्ष शर्माले जानकारी दिए। 

प्रकाशित मिति: ०९:५८ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्