Kathmandu Press

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, भदौ २७ : सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलोपटक आज प्रतिनिधिसभाको बैठक बस्न लागेको छ।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विरोध जनाउँदै आएको...
आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, भदौ २७ : सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलोपटक आज प्रतिनिधिसभाको बैठक बस्न लागेको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विरोध जनाउँदै आएको छ। एमालेको विरोधबीच शुक्रबार सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो।

आज दिउसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो। आजको बैठकमा प्रतिस्थापन विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ।

एमालेले भने आज पनि विरोध जारी गर्ने भएको छ। शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले विरोध जारी राख्ने निर्णय गरेको छ।

सभामुख अग्निप्रसाद सापकोटाले एमाले फुटाउन भूमिका खेलेको आरोप लगाउँदै विरोध जारी राख्ने निर्णय गरेको हो। तर, संसद्मा गरिने विरोधका विषयमा आफ्ना सांसदलाई जानकारी दिने भएको छ।

शुक्रबारको बैठकमा एमाले सांसदहरुले अमार्यदित व्यवहार प्रदर्शन गरेका थिए। उनीहरुले सभामुख तथा अर्थमन्त्रीमाथि आक्रमण गर्न खोजेका थिए।

 

प्रकाशित मिति: ०७:१८ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्